पाल्पाका क्रियाशील १८ जना पत्रकार पुरस्कृत

0 333

पाल्पा । पाल्पाका १८ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १२ औं साधारण सभाका अवसरमा उनीहरु पुरस्कृत भएका हुन् ।

उत्कृष्ट पत्रकारिता पुरस्कारबाट देव पचभैया र बासुदेव ढकाल पुरस्कृत भएका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, जिल्ला अध्यक्ष राजेशकुमार अर्याल, तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, महाहसंघका संस्थापक मेघराज शर्मा लगायतले नगद १५ हजार, ताम्रपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

तत्कालीन जिल्ला विकास समितिद्वारा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्तोष बस्याल रमादेवी अर्याल, भुवन रायमाझी र विजय बौडेल पुरस्कृत भएका छन् । त्यस्तै बन्दना पोखरेल र इमानसिंह रानालाई ग्रामीण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका भएका छन् । मानव अधिकार पत्रकारिता पुरस्कारबाट बीरेन्द्र घिमिरे पुरस्कृत भए । समाजसेवी बुद्धीप्रसाद शर्माले स्थापना गरेको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल पुरस्कृत भएका छन् ।

यस्तै सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट गाउँले देउराली साप्ताहिकका तुलबहादुर थापा पुरस्कृत भएका छन् । लेखनवृत्ति प्रोत्साहन पुरस्कारबाट यज्ञमूर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोलबहादुर विक, दीपक भट्टराई, दयाराज न्यौपाने, विष्णुप्रसाद घिमिरे र भोजराज तिमिल्सिना पुरस्कृत भएका छन् ।

यसअघि साधारण सभाको महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरेका थिए । साधारण सभाको अवसमा केन्द्रीय अध्यक्ष आचार्य, केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेशसभा सभा सदस्य नारायण आचार्य, संस्थापक अध्यक्ष मेघराज शर्मा, झपेन्द्र गहिरे, भगवान भण्डारी, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, राप्रपाका नेता रेवन्त विष्ट, रजमोका नरमति सिंजाली, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी अधिकृत लिला कार्की, पुरस्कारदाता बुद्धी प्रसाद शर्मा, नेपाली काँग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जिवी पोखरेल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्की, प्याब्सपन पाल्पाका अध्यक्ष भरत आचार्य, गैसस महासंघका भेषराज तिमिल्सिना, शिक्षक महासंघका देबी भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सभाको बन्दसत्रले सचिव किरण कौशलको सांगठनिक, कोषाध्यक्ष मिलन विकको आर्थिक प्रतिवेदन सहित विभिन्न प्रस्ताव पारित गरेका छ । उपाध्यक्ष भरत शर्माको स्वागत, पूर्व अध्यक्ष भगवान भण्डारीको धन्यवाद, सचिव टंकराज कौशलको संचालन र अध्यक्ष राजेश कुमार आर्यालका अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...