पाल्पाका चार दलबाट प्रत्यक्षतर्फ सिफारिस भएका नेताहरु कोको हुन् ? नामावली सहित

0 1,405

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पामा रहेका विभिन्न राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरिरहेका छन् । प्रस्तुत छ प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएका ब्यक्तिहरुको बिवरणः
एमालेबाट को ?
नेकपा एमालेको सोमवार तानसेनमा सम्पन्न जिल्ला कमिटि बैठकले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा नारायण प्रसाद आचार्य, झपेन्द्र बहादुर जिसी, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ र बिष्णु जिसीलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं. २ मा  ठाकुर गैरेको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ । प्रदेश सभा सदस्य पाल्पा क्षेत्र नं. १ क मा राजु श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने, कृष्ण बहादुर सारू सञ्जु परियार र इश्वरी खनाल सिफारिस भएका छन् ।

क्षेत्र नं. १ ख प्रदेश सभा सदस्यमा विनोद कुमार श्रेष्ठ, विजय रानाभाट, खेम सारू, अर्जुन रेग्मी, तुल्सीराम भुसाल, विमल काफ्ले, ईश्वरी न्यौपाने, एक प्रसाद भण्डारी कल्पना केसी, भगवती राना, उर्मिला अर्याल शर्मा सिफारिस हुनुभएको छ ।

पाल्पा क्षेत्र नं. २ क मा प्रदेशसभातर्फ फर्सुराम भट्टराईको नाम एकल सिफारिस भएको छ । क्षेत्र नं. २ ख मा ओम बहादुर घर्तिमगर, रामजी भट्टराई, रामजी पोखरेल, कृष्ण जिसी र तुल बहादुर अधिकारीको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसबाट को ?
नेपाली कांग्रेस पाल्पाले पनि प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार आकंक्षीहरुको नाम क्षेत्रबाट प्रदेश सभा हुँदै केन्द्रका लागि सिफारिस गरेको छ ।

प्रतिनिधिसभा तर्फ पाल्पा क्षेत्र नं. १ मा ज्ञान बहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दीप रानाको नाम सिफारिस भएको छ ।
क्षेत्र नंं २ मा वीर बहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपाललाई सिफारिस गरेको छ । प्रदेश सभा तर्फ पाल्पा क्षेत्र नंं १ क प्रत्यक्षमा श्यामकान्त खनाललाई सिफारिस गरेको छ । क्षेत्र नं.१ (ख) बाट प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शंकर खनाललाई सिफारिस गरेको छ ।

पाल्पा क्षेत्र नंं २ क प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ कृष्णप्रसाद बस्याल, विधान प्रसाद श्रेष्ठ, माधव प्रसाद नेपाल, शान्ता बोहोरा र कृष्ण बहादुर आले सिफारिसमा परेका छन् । क्षेत्र नंं २ ख बाट प्रत्यक्ष तर्फ राम बहादुर कार्की (पूर्व डिआइजी), राम बहादुर कार्की (पूर्व पालिका अध्यक्ष) र महेन्द्र प्रसाद पाण्डेलाई सिफारिस गरेको छ ।

नेकपा माओवादीबाट को ?
नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारहरूको सिफारिस गरेको छ । सोमवार सम्पन्न जिल्ला कमिटि बैठकले प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नं.२ मा अनिल किशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभामा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ क मा कमल भट्टराई सर्वसम्मत सिफारिसमा पर्नुभएको छ । ख मा भने दिनेश अर्याल र हुमबहादुर सुनारीलाई सिफारिस गरेको छ ।

क्षेत्र नं. २ क मा नेत्र प्रसाद पाण्डेको एकल सिफारिस परेको छ भने ख मा बसन्त घर्ती, राजेन्द्र बिक, चक्रब्युह थापा, पुरन केसी, मेघराज आचार्य रहनुभएको छ ।
नेकपा एसबाट को ?
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. २ मा सोमप्रसाद पाण्डेको नाम एकल सिफारिस गरेको छ । पार्टीको तानसेनमा बसेका जिल्ला सचिवालय बैठकले पाण्डेयलाई सर्वसम्मत रुपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष कमल पाण्डेले बताउनुभयो ।

त्यस्तै एकीकृत समाजवादीले पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ पोखरेलको नाम सिफारिस गरेको छ । प्रदेश तर्फ क्षेत्र नं. १ (क) बाट प्रत्यक्षमा विनोद श्रेष्ठ र कमल सेन, क्षेत्र नं १ (ख) बाट पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जीआर, निमनारायण ढुंगाना तथा क्षेत्र २ (ख)मा झलक रायमाझी र कमल रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ ।

Comments
Loading...