पाल्पाका थप २ जनाको कोरोनाबाट निधन

0 2,217

पाल्पा । पाल्पाका थप दुईजनाको कोरोनाका कारण निधन भएको छ । मृत्यु हुने दुबै जना तानसेन नगरपालिकाका हुन ।
तानसेन नगरपालिका वडा नं. २ का ८५ वर्षीय बृद्ध र तानसेन ७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ३३ वर्षिय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा शुक्रबार निधन भएको भएपनि स्वास्थ्य कार्यालयले सोमबार मात्र जानकारी दिएको हो । स्वास्थ्य कार्यालयका अनुसार उनी निमोनियाका बिरामी समेत थिए ।

तानसेन नगरपालिका वडा नं. २ का ८५ वर्षीय बृद्धको शनिबार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments
Loading...