पाल्पाका विभिन्न पालिकाहरुमा नमुना मतदान

0 2,212

पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मत बदर संख्या कम गर्न जिल्ला निर्वाचन कार्यालयले जिल्लाका बिभिन्न पालिकाहरुमा नमुना मतदान कार्य गर्दै आएको छ ।

१० वटा पालिका रहेको पाल्पामा हालसम्म ७ वटा पालिकामा नमुना मतदान सम्पन्न भएको र अन्य बाँकी पालिकाहरुमा पनि नमुना मतदान हुने जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो । मतदाता शिक्षाको अभावमा मत बदर हुन सक्ने भएकोले बदर मतको संख्या कम गर्न पालिका केन्द्रहरुमा नमुना मतदान अभियान गरिएको उहाँले बताउनुभयो ।

नमुना मतदानमा मतदातालाई कसरी मतदान स्थल प्रवेश गर्ने, कागजपत्र कसरी लिने, गोप्य स्थलमा गएर मत दिनुपर्ने, मतपत्र कसरी पट्याउने र बाकसमा मत कसरी खसाल्ने ? लगायतका बिषयमा मतदाताहरुलाई जानकारी गराइएको उहाँले बताउनुभयो । तस्बिरः गुगल

Comments
Loading...