पाल्पाका सबै विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति बन्दै

0 36

एवत सारु । पाल्पा
सानाहुँगी माध्यमिक विद्यालय रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ । विद्यालयका प्रधानाध्यापक खेमप्रसाद अर्यालको संयोजकत्वमा ८ सदस्यीय प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा शिक्षक प्रतिनिधि एवतकुमार थापा, सानाहुँगी बाल कल्बबाट तुल्सीराम पाडे, खुममाया पाडे, जीवन हिस्की, दुर्गामाया सारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गाहा तथा हुँगी प्रहरी चौकीका ईन्चार्ज सदस्य सचिव रहेकाछन् ।

प्रहरी कार्यालय ५ नं. प्रदेशको आदेश अनुसार जिल्लाका सबै विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिने कार्यक्रम अनुसार समिति गठन गरिएको हुँगी प्रहरी चौकीका गुनबहादुर श्रेष्ठले बताए । प्रहरी, विद्यालय तथा विद्यार्थीका साथै स्थानीय गाउँवस्तीमा सम्बन्ध विस्तार गर्न तथा नियमित सम्पर्क बढाउन समिति गठन गरिएको हो ।

Comments
Loading...