पाल्पाका सबै स्थानीय तहमा पुग्यो प्रदेश सांसदको टोली

0 211

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको संयोजनमा जिल्ला स्थित प्रदेश सांसदहरुले पाल्पाका ८ गाउँपालिका र २ गाउँपालिकामा अनुगमन सहित अन्र्तक्रिया गरेका छन् । यसरी अनुगमन तथा अन्र्तक्रिया गर्नेमा पाल्पाका सांसद प्रदेश ५ मै पहिलो भएका छन् । अन्य जिल्लाहरुमा हाल अनुगमनको कार्य चलिरहेको छ भने कतिपय जिल्लामा भर्खर मात्रै अनुगमनका निर्णय भएका छन् ।


दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं १ मा ४ वटा गाउँपालिका माथागढी, रम्भा, पुर्वखोला र निस्दी र १ नगरपालिका रामपुर रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ४ गाउँपालिका तिनाउँ, बगनासकाली, रिब्दीकोट र रैनादेबी छहरा र १ नगरपालिका तानसेन रहेका छन् ।


निर्वाचन क्षेत्र नं १ मा प्रदेश सांसदहरु नारायण आचार्य, युवराज खनाल, रमा घर्ती र निर्वाचन क्षेत्र नं. २ मा बिर बहादुर राना, बसन्त घर्ती मगर, डा. पुरन बज्राचार्य सहित जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मिरा मरासिनी सहित जिल्ला समन्वय अधिकारी र पत्रकारहरुको संयुक्त टोलीले छुट्टा छुट्टै अनुगमन गरेका हुन् । पाल्पामा बैशाख ८ गतेको निर्णय अनुसार बैशाख १०, ११ र १२ गते अनुगमन कार्य भएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए ।


अनुगमन टोलीले प्रत्येक स्थानीय तहमा पुगेर जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, स्वास्थ्य शाखाका प्रमुख सहित सर्बदलीय समितिसित कोरोना रोकथामका प्रयास, राहत बितरणको अवस्था, स्वास्थ्य सेवाको अवस्था, क्वारेन्टाइन र त्यसको ब्यवस्थापन अवस्था, लकडाउनका कारण प्रभावित बिकास योजना तथा अन्य समसामयिक बिषयमा अन्र्तक्रिया छछलफल गरेको प्रदेशसभा सदस्य नारायण आचार्यले बताए ।
हरेक स्थानीय तहहरुमा भए गरेका प्रयास र राहत बितरण तथा स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्रीहरुको अवस्थाबारे लिखित डकुमेन्ट ल्याइएको र त्यसको जिल्लागत रिपोर्ट तयार गरि जिल्ला स्तरमा भएका राम्रा प्रयास र सुधार गर्न पर्ने बिषयबारे जिल्ला स्तरीय अन्र्तक्रिया गरि छलफल गरिने उनले बताए ।

Comments
Loading...