पाल्पाका ८५ जना पत्रकारको कोरोना बिमा

0 28

पाल्पा । पाल्पाका ८५ जना पत्रकारहरुको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ आवद्ध पत्रकारहरुको तानसेन नगरपालिकाको सहयोगमा बिमा गरिएको हो ।


तानसेन नगरपालीकाको सहयोगमा एक लाख बराबरको कोरोना विमा गरिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताए । अघिल्लो पृष्ठमा रहेका काम गरिरहेका पत्रकारहरुको बिमास विमा पछि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागी पत्रकारहरु सक्रिय रुपमा लागि पर्ने विश्वास गरिएको तानसेन नगरपालीकाका प्रमुख अशोक कुमार शाहीले बताए ।


सहमति पत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल र तानसेनका नगरप्रमुख अशोक कुमार शाहीले हस्ताक्षर गरेका छन् । सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड पाल्पाबाट १ लाखको कोरोना विमा गत शुक्रवारबाट लागू भएको अध्यक्ष अर्यालले बताए ।

Comments
Loading...