पाल्पाकै एक्ली महिला उम्मेद्वार दुर्पता

0 609

पाल्पा । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ महिलालाई उम्मेद्वार बनाउनेमा राजनीतिक दलहरुको ध्यान गएको देखिदैन ।

प्रत्यक्ष तर्फ मनोनयनपत्र दर्ता गराएका मध्ये २ जनाले मनोनयन फिर्ता गरेका छन् । बाँकी ४५ जना उम्मेद्वार मध्ये ४४ जना पुरुष र १ जना मात्रै महिला रहनुभएको छ । मनोनयनपत्र फिर्ता गरेका २ जना पनि पुरुष नै रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ मनोनयनपत्र दर्ता गराउनुभएका भोजेन्द्रबहादुर केसी र पाल्पा क्षेत्र नं. २ (ख) मा प्रदेशसभा सदस्य पदमा मनोनयनपत्र दर्ता गराउनुभएका जनता समाजवादी पार्टीका राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो ।

जिल्लाकै एक्लो महिला उम्मेदवार दुर्पता सोमै मतदातासँग मत माग्नमा ब्यस्त हुनुहुन्छ । पाल्पा क्षेत्र नं २ मा प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएकी सोमै भएकी सोमै जिल्लाको एक्लो महिला उम्मेदवारको रुपमा रहनुभएको छ । जनता समाजवादी पार्टीको जिल्ला सदस्य रहनुभएकी सोमै सोही पार्टीबाट उम्मेदवार बन्नुभएको हो । पार्टीले महिलालाई प्राथमिकता दिएकै कारण आफु उम्मेदवारका लागि सिफारिस भएको उहाँले बताउनुभयो । विसं २०७२ देखि जसपाको राजनीतिमा क्रियाशील सोमै आफै पनि पहिलो पटक उम्मेदवार बन्नुभएको हो । जसपाका जिल्ला उपाध्यक्ष हेमबहादुर सोमैले महिलालाई प्राथमिकता दिएर चुनाव लड्ने पार्टीकै एजेण्डा भएको बताउनुभयो ।

Comments
Loading...