पाल्पाकै यस्तो गाउँ जहाँ ४२ वर्षदेखि हरि कृतन हुँदै आएको छ

0 26

पाल्पा । सम्भवत यो गाउँ जिल्लामै नमुना होला । एकै गाउँमा वर्ष ३ ठाउँका फरक फरक मन्दिरमा ३ पटक अखण्ड किर्तन हुँदै आएको छ । त्यो पनि वर्षौ अघिदेखि ।

बगनासकाली गाउँपालिका वडा नं. ९ चापपानी खहरेखोलामा रहेको माझदेवी भगवती मन्दिरमा ४२ वर्ष अघिदेखि हरेक वर्ष अखण्ड हरि कृतन हुँदै आएको छ । त्यो समयमा गाउँमा गाउँमा माहामारी फैलिनुका साथै गाई भैसीमा खोरेत लगायतका रोग ब्याधी बढेपछि गाउँले सबै सहभागी भएर गाउँकै मन्दिरमा पुजा आजा सहित २४ घण्टे कृतन हुँदै आएको थियो । ३६ वर्षसम्म २४ घण्टे र पछिल्ला वर्षहरुमा १२ घण्टे अखण्ड कृतन हरेक वर्ष फागुनको पहिलो शनिवार हँुदै आएको स्थानीय टिकाराम तिमिल्सिनाले बताए ।

यस्तै कृतन हरेक वर्ष कार्तिकको पहिलो शनिवार सिखरे भगवती मन्दिरमा र माघको पहिलो शनिवार जुकिया भगवती मन्दिरमा कृतन हुँदै आएको छ ।

Comments
Loading...