पाल्पाकै विकासमा सर्मपित छुः पाण्डेय

0 30

भुवन रायमाझी । रिब्दीकोट
नजिकिदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मत माग्न नेता तथा उम्मेदवारहरु यतिबेला गाउँ गाउँमा छन् । यसैबीच बाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनका लागि रिव्दीकोट गाउँपालिका वडा नं. ७ पालुङ्गमैनादीको वतासेमा चुनावी सभा कार्यक्रम सम्पन्न भएको छ । सभामा नेकपा (एमाले) का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका लागि क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले आफूले पाल्पाको बिकासका लागि हरपल लागिरहने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य, आदिवासी जनजाति नेता तथा प्रतिनिधि सभा २ अन्र्तगत प्रदेशसभा २ का उम्मेदवार तुलाराम घर्ति मगर (बसन्त), त्यस्तैगरि २ का प्रदेश सभा २ का समानुपातिक उम्मेदवार माधव आचार्य, दिलकुमारी योञ्जन, पार्टी एकता संयोजन समिति पाल्पा सदस्यहरू नेत्र प्रसाद पाण्डे, यादव वहादुर रायमाझी, चक्र व्यूह थापा, गिर वहादुर थापा, पार्टी एकता संयोजन समिति क्षेत्र नं. २ का संयोजक तथा पुर्व सांसद कुल प्रसाद नेपाल, पूर्व सांसद नारायणी शर्मा, पार्टी एकता संयोजन समिति क्षेत्रका सदस्यहरू राजेन्द्र विक, रामजी भट्टराई, राम वहादुर राउत, पुरन केसी, त्यस्तैगरि प्रदेश सभा २ का एकता संयोजन समितिका सदस्यहरू नारायण जिसी, सुर्य कार्की, चिरञ्जीवि पोखरेल, झलक रायमाझी, नबिन ओली, कृष्ण भण्डारी, खेममाया थापा, प्रदेश सभा प्रचार–प्रसार संयोजक राम वहादुर गरंजा (एसकुमार), क्षेत्र नं. २ को प्रदेश सभा प्रचार–प्रसार संयोजक मोहन गैरे, रिव्दीकोट गाउँपालिका एकता संयोजन समितिका संयोजक कृष्ण थापा र लिला कार्की, युवा नेता रामजी पोखरेल, पोखरेल लगायतको सहभागिता थियो ।

कलाकार नविन पौडेलले चुनावी सभामा गीत प्रस्तुत गरेका थिए । कार्यक्रम कृष्ण थापाको सञ्चालन र इन्द्र बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तैगरि खस्यौली, कुसुमखोला, ख्याहा, देउराली, छहरा, मेहलधाप, जुठापौवा, सत्यवती, बल्ढेङ्गगढी, दोभान, झुम्सा, मस्याम, कचल, पेलावास, डाडागाउँ, अमिले, सिद्धेश्वर, सर्देवा, ख्याहाको जोगिथुम, सोमादी, मुझुङ्ग, फेक, नैटोला लगायतको ठाउँमा पनि कार्यक्रम भएका छन् ।

Comments
Loading...