पाल्पाको जोगेपानीः जहाँको पानी खाएपछि बच्चाको बोली खुल्ने विश्वास छ

0 502

पाल्पा । तानसेन नगरपालिका ११ जोगीपानीको जोगेकुवाको पानी खाए पछि बोली नफुटेका बच्चाहरुको पनि सजिलै बोली खुल्छ भन्ने मान्यता रहेको छ । जसका कारण यहाँको पानी लिन टाढा टाढाका मानिसहरु समेत आउने गरेका छन् ।


किंवदन्तीमा परापुर्वकालमा एक जना जोगी धार्मिक यात्रामा हिडिरहेको बेला सोही स्थानमा आइपुग्दा जोगीलाई धेरै तिखा लागेको र पानी पिउनको लागि वरपर हेर्दा घरहरु नदेखेपछि प्यास सहन नसकेको कारणले आफु सँग हातमा रहेको चिम्टाले जमिनमा गोपेर पानी निकालेर पानी प्यास मेटाएको भन्ने रहेको छ ।


त्यसपछि जोगीले पानी पिए पछि हिडने बेलामा जोगीले यहाँको पानी खाएपछि बोली नखुलेका बच्चाहरुको पनि सजिलै बोली खुलोस् भन्ने आर्शिवाद दिएकै कारण यहाँको पानीको बिशेष महत्व रहेको ५९ वर्षीय भानुभक्त गहतराजले बताए ।


यही विश्वासका साथ मानिसहरुले टाढा टाढाबाट आएर पनि पानी लैजाने गरेको र पानी खुवाएका च्चाहरुको वाक्य खुलेको बताउने गरेको गहतराजले बताए । यो कुवाको पानी लिनको लागि विभिन्न देश तथा नेपालका जिल्लहरुबाट मानिसहरुले पानी लिन आउने गरेका छन । तानसेन नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले जोगी पानीको छुटै महत्व रहेको बताए । जोगेपानी कुँवाको पानी वरको पातले झिकेर खुवाउँदा बोली नखुलेका बच्चाहरुको बोली खुल्ने मान्यता रहेको उनले बताए ।

यो कुवामा दशैंको पूर्णिमाको अवसरमा लिपिन्देवी मन्दिरमा खलिने सराएँ नाचको फुट टिका समेत यसै स्थानमा लगेर विर्सजन (सेलाउने) गरिदै आएको छ । यो कुवाको ऐतिहासिक महत्व रहेको भएता पनि यसको उचित संरक्षण र प्रचार प्रसारको अभाव रहेको स्थानीय हरुको गुनासो रहेको छ । उनीहरुले यहाँको पानीले अमृत बुटीको काम गर्ने भएपनि उचित संरक्षण र प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै गइरहेको गहतराजले बताए । अहिले तानसेन हार्थोक सडक बिस्तार गर्ने क्रममा बाटो छेउमा रहेको यो कुवाको मुहान र बाटो मुनी रहेको टंकी समेत जोखिममा पर्ने भएकोले स्थानीय सरकारले बाटो खन्ने क्रममा यो कुवाको संरक्षणको बिषयमा ध्यान दिनुपर्ने उनले बताए ।

Comments
Loading...