पाल्पाको झडेवामा द्वन्द्वकालमा राखिएको बम भेटियो

0 27

पाल्पा । द्वन्द्वकालिन समयमा राखेको बम अहिले फेला परेको छ । जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ देउगीरमा संकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
स्थानीय २७ वर्षीय मोहन बिकले बिहीवार दिउँसो प्रहरीलाई खवर गरेका थिए । बिहीवार साँझ प्रहरी र नेपाली सेनाको टोलीले उक्त बमलाई निस्क्रिय बनाएका छन् । उक्त बम द्वन्द्वकालिन समयमा राखिएको हुन सक्ने र थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...