पाल्पाको पूर्वखोलामा थपिए ८० सङक्रमित, आइसाेलेसनकाे अभाव

0 171

पाल्पा, पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै माथागढी गाउँपालिकाका थप २ जनामा सङक्रमण देखिएको छ ।


प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १ सय ३९ जनाको रिपोर्ट आउँदा ८० जनामा पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । पिसिआर परीक्षणका लागि २ सय ८३ जनाको स्वाव संकलन गरि पूर्वखोलाले परीक्षणका लागि पठाएको थियो । उनीहरु सबै भारतबाट आएर गणपती, जनउज्वल र अकला विद्यालयको क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् । सङक्रमितहरुलाई कहाँ राख्ने भन्ने समस्या भएकोले क्वारेन्टाइनलाई नै व्यवस्थित गर्ने की भनेर छलफल भैरहेको रहेको गाउँपालिकाले जनाएको छ ।


यस अघि रम्भा गाउँपालिकामा १६ जना, वगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका १२ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । पूर्वखोला गाउँपालिका पाल्पाका एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो ।


यस अघि आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची र २ जना गुल्मी जिल्लाका रहेका छन । जसमध्ये कोरोना संक्रमण बाट एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।

copy form seroferonews.com

Comments
Loading...