पाल्पाको बगनासकालीमा १६ जना संक्रमित थपिए, ५ जनाले कोरोना जितेः संक्रमितको संख्या ७० पुग्यो

0 119

पाल्पा । पाल्पामा हालसम्म ७० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक बगनासकाली गाउँपालिका अन्र्तगतका बिभिन्न क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण देखिएको छ । बगनासकाली गाउँपालिका भित्रका बिभिन्न वडाहरुमा रहेका क्वारेन्टाइनमा बस्दै आएका आएका १६ जनामा कोरोना पुष्टि भएको हो ।


यससँगै पाल्पा जिल्लाको दश स्थानीय तहमध्ये नौ स्थानीय तहमा ७० कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकामा बाहेक सबै स्थानीय तहमा कारोना देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १९ देखि ४५ वर्ष उमेर समूहका ब्यक्ति रहेका छन उनीहरु सबैजना भारतबाट आएका हुन । उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।


यस अघि रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १ जना, माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा १ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका १० जनामा कोरोनाबाट सक्रमित भइसकेको छ । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको सूचना अधिकारी पन्थीले बताए । पूर्वखोला गाउँपालिका पाल्पाका एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । हालसम्म पाल्पामा ५ जनाले कोरोना जिेतर घर फर्किसकेका छन् ।

तस्बिरःपुर्वखोला गाउँपालिकामा स्वाब संकलन गरिदै ।

Comments
Loading...