पाल्पाको बगनासकाली चापपानीमा भ्यान पल्टिदा ६ जना घाइते

0 88

पाल्पा । तानसेनबाट चापपानीतर्फ जादै गरेको लु १ ज २५३९ नं. को भ्यान बगनासकाली ९ चापपानी झिरभञ्ज्यांग आरालोमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।


घाइते मध्ये ४ महिला र २ पुरुष रहेको र उनीहरुलाई मिसन अस्पताल पठाइएको मिसन प्रहरी चौकीका हवल्दार यज्ञराज शाहीले बताए । घाइतेहरुको नाम थर भने खुल्न सकेको छैन । बिहीवार बिहान साढे १० बजेको समयमा भ्यान दुर्घटनामा परेको थियो । भ्यान अनियन्त्रित भई बाटोमै पल्टेको थियो । तस्बिर सौजन्य अतित बस्याल

Comments
Loading...