पाल्पाको महिला संघले भन्योःअपांगता भएकाहरु र एकल महिलाको भत्ता नरोकौ

0 67

पाल्पा । अति अशक्त अपांगता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका एकल विधवा महिलाका लागि सरकारले दिदै आएको भत्ता हाललाई रोक्ने सरकारको निर्णयप्रति नेपाल महिला संघ पाल्पाले विरोध गरेको छ ।

नेपाल महिला संघ पाल्पाले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल महिला संघ सदैव महिला दिदीबहिनीको हकहितमा लड्दै आइरहेको छ । बिगतका सरकारले नियमित दिदै आएको अति अशक्त अपांगता र एकल महिलाको भत्ता यो सरकारले रोकेकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल महिला संघकी अध्यक्ष गंगा पौड्याल, उपाध्यक्ष मिना पन्थी र सचिव सुनिता अधिकारीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, अति अशक्त अपाङ्गता भएका व्यक्ती र ६० बर्ष उमेर मुनिका असहाय एकल महिलालाई दैनिकी चलाउन सहज हुने सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति घोर भत्सर्ना गर्दै तत्काल यो निर्णय सच्याउन सरकार संग माग गर्दछौ । बिज्ञप्तिमा उल्लेख छ ।

Comments
Loading...