पाल्पाको रामपुरमा जुवा खालबाटै ५ जना पक्राउ

0 107

पाल्पा । प्रहरीले रामपुरमा तास खेल्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

मंगलबार रामपुर नगरपालिका ७ डुम्रीगाउँका यम बहादुर सारुको घरमा तास खेलिरहेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई तास खेल्दा खेल्दै पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा रामपुर ७ डुम्रीगाउँका ३८ वर्षीय यम बहादुर सारु, २९ वर्षीय राम बहादुर श्रेष्ठ, ३८ वर्षीय ओम बहादुर मश्रांगी, ४२ वर्षीय झबिलाल बिक र ४० वर्षीय चेत बहादुर मल्ल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ४१ हजार ४ सय २२ रुपैयाँ बरामद् समेत गरेको छ ।

Comments
Loading...