पाल्पाको सामुदायिक रेडियो रामपुरले पायो जिल्लामै पहिलो महिला स्टेशन प्रवन्धक

0 916

पाल्पा । पाल्पामा पहिलो पटक महिला पत्रकारले रेडियो हाक्ने मौका पाउनुभएको छ । सामुदायिक रेडियो रामपुरमा कार्यरत पवित्रा घिमिरे (सिर्जना) ले स्टेशन प्रवन्धकको जिम्मेवारी पाएपछि उहाँ पाल्पामा पहिलो महिला स्टेशन प्रबन्धक हुनुभएको हो ।

कालीगण्डकी सामुदायिक विकास केन्द्रद्वारा संचालित सामुदायिक रेडियो रामपुरमा स्थापनाकाल देखि निरन्तर काम गर्दै आएकी घिमिरेलाई साउन एक गतेदेखि कार्यभार समाल्ने गरि निमित्त स्टेसन प्रबन्धको जिम्मेवारी दिइएको रेडियो संचालक समिति अध्यक्ष ऋषिराम भट्टराईले जानकारी दिनुभयो ।

रेडियोका स्टेसन प्रबन्धक छबिलाल खनालले राजिनामा दिएसङ्गै उहाँलाई जिम्मेवारी प्रदान गरिएको हो । २०६५ सालदेखि समाचार ,कार्यक्रम उत्पादन प्रसारणमा महत्वपूर्ण भुमिका निभाएकि घिमिरेलाई अहिले कार्यालय प्रमुखको रुपमा जिम्मेवारी दिइएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष समेत रहनुभएकी घिमिरे रेडियोसङ्गै राष्ट्रिय समाचार समिति ( रासस) सम्बादाता रहेर काम गर्दै आउनुभएको छ ।
पुर्बी पाल्पामा २०६३ सालमा इजाजत प्राप्त गरि २०६५ सालमा स्थापना भएको यो रेडियोले तत्कालीन समयमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीलाई कार्यक्षेत्र मानेर प्रसारण सेवा दिदै आएको छ ।

पछिल्लो समय प्रबिधिको प्रयोगमार्फत सेवा बिस्तार भएको छ । १०३ दशमलव ६ मेगाहर्ज तथा ईन्टरनेट अनलाइन यो मार्फत रेडियो सुन्न सकिन्छ । समुदायको मुठि दान मार्फत शुरुवात गरिएको समुदायको आवाज सामुदायिक रेडियो रामपुरमा करिब ८ सय बढी आजिवन तथा बिशिस्ट आजिवन सदस्य रहेका छन् भने कालिगण्डकीबेशीका विभिन्न सामुदायिक वनले रेडियोलाई एक घरधुरी उपभोक्ता सम्झेर एक भारि घाँस दाउरा छुट्याउदै आएको छ । पुर्बी पाल्पामा स्थापना भएर कालीगण्डकीबेशिमा पहिलो संचार सस्थाको रुपमा रेडियो स्थापना भएको थियो ।

 

Comments
Loading...