पाल्पाबाट प्रेस संगठनको केन्द्र, प्रदेश र जिल्लामा को को ले जिम्मेवारी पाए ?

0 31

पाल्पा । प्रेस संगठन नेपालको केन्द्रीय सदस्य देखि जिल्ला सदस्य सम्मको पदिय हेरफेर भएको छ । पाल्पाबाट केन्द्रीय सदस्यमा भगवान भण्डारी, कमलराज तिमिल्सिना र रेखीराम रानाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै प्रदेश नं. ५ को सदस्यमा किरण कौशल, सन्तोष बस्याल, यज्ञमूर्ति तिमिल्सिना, कृष्ण पोखरेल, यमुना सारु र हुमा सुर्यवंशीले जिम्मेवारी पाएका छन् ।

त्यस्तै जिल्ला संयोजकमा राजेन्द्र लिगल र सहसंयोजकमा कृष्ण दर्नालले जिम्मेवारी पाएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण कार्की, अमृत अधिकारी, बन्दना पोखरेल, मिलन विश्वकर्मा, टिकाराम बस्याल, नेत्र गैरे, नारायण न्यौपाने, विष्णुप्रसाद घिमिरे, भुवन रायमाझी, रिमा सोमै, डोलराज बिक, नवराज ज्ञवाली, कमल अधिकारी, सुभास बिसी, सन्तोष ज्ञवाली, दयाराज न्यौपाने, पवित्रा घिमिरे सिर्जना, बिजय बौडेल, खेमराज पाण्डे, रमा भण्डारी, सुनील कार्की, प्रवेश पन्थी र समिता थापा थापा रहेको प्रेस संगठनले जनाएको छ ।

संगठनले केन्द्र, प्रदेश र जिल्लामा बिभिन्न पदमा रहेका पत्रकारहरुबीच केही दिनमा भेटघाट तथा छलफल गरि आगामी योजना समेत बनाई रचनात्मक काम सहित संगठनलाई अगाडि बढाउने संयोजक राजेन्द्र लिगलले बताए ।

Comments
Loading...