पाल्पामा अटो रिक्सा पल्टिदा ३ जना घाइते

0 10,191

पाल्पा । पाल्पामा अटो रिक्सा पल्टिदा ३ जना घाइते भएका छन् । बुधवार दिउँसो माथागढी गाउँपालिका २ गैराबारीमा लु १ ह ११५२ नम्बरको अटो  अनियन्त्रित भई बाटो छेउमा पल्टिएको थियो ।

दुर्घटनामा परि अटोका चालक माथागढी ३ सराईका २२ बर्षीय तारा बहादुर दर्लामी, सोही ठाउँका २६ बर्षीय लिला बहादुर सारु र माथागढी २ का २८ बर्षीय बिनोदकुमार मल्ल घाइते हुुनुभएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक दर्लामीको अवस्था सिरियस रहेको र अन्य २ को अवस्था मध्यम रहेको प्रहरीले जनायो । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । सांकेतिक तस्बिर गुगल

Comments
Loading...