पाल्पामा अबैध भरुवा बन्दुक सहित एक युवा पक्राउ

0 2,524

पाल्पा । पाल्पामा अबैध भरुवा बन्दुरक सहित एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा राखिएको भरुवा बन्दुक सहित बगनासकाली गाउँपालिका–४ खानीछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई पक्राउ गरेको हो । कनौजे आफ्नै घरमा राखेको १ नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातीले बताए । कनौजेलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Comments
Loading...