पाल्पामा आइतबार १९ जना कोरोना संक्रमित थपिए

0 748

पाल्पा । पाल्पामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका ११ जना, तानसेन नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १जना, रिब्दिकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

योसंगै पाल्पामा कोरोना संक्रमित हुनेहरुको संख्या ९ सय ९१ पुगेको छ । जसमा ७ सय ५० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ३७ जना रहेका छन् ।

Comments
Loading...