पाल्पामा आन्तरिक पर्यटक आउने क्रम बढ्यो

0 680

पाल्पा । कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प थियो । कोरोना महामारी फैलिएको झण्डै १० महिनापछि पाल्पामा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । खासगरि पाल्पा आउने पर्यटकहरु सदरमुकाम तानसेन, श्रीनगर र आसपासका क्षेत्रको अवलोकन गरेर फर्कने गरेका छन् । बजारीकरण सदरमुकाम बाहिरका पाल्पाका अन्य पर्यटकीय स्थलहरु जस्तै भैरवस्थान, रुरुक्षेत्र, कौडे, रम्भापानी, बगनासडाडा लगायतमा समेत स्वदेशी पर्यटकहरु पुग्ने र प्रकृतिसगै रमाउने क्रम सुरु भएको छ ।

जिल्ला सदरमुकाम तानसेनबाट झण्डै १३ किलोमिटर उत्तर पश्चिममा अवस्थित रानीमहल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको थलो हो । यहा“ पनि आन्तरिक पर्यटकहरु पुग्ने क्रम बढेको छ । बिचको झण्डै ९ महिना यस क्षेत्रमा पनि पर्यटकहरु पुग्ने क्रम ठप्प जस्तै भएको थियो । पछिल्लो समय देशका बिभिन्न स्थानबाट पारिवारिक र संस्थागत भ्रमण टोलीहरु आउन थालेका छन् ।

रानीमहल
कालीगण्डकी नदीको किनार रानीघाट जहाँ एक भब्य र मनमोहक दरबार छ । जसलाई रानीमहलको नामले चिनिन्छ । तत्कालिन बौघागुम्हा गाविस वडा नं. २ र हालको तानसेन १४ मा सो रानीमहल अवस्थित छ । प्रेमसँग जोडेर भारतको आग्राको ताजमहसग तुलना गरी “नेपालको ताजमहल” समेत भनेर चिनिने यो दरवारको धीरशमशेरका छोरा एवं पाल्पा गौंडाका तत्कालीन तैनाथवाला र पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारी देवीको वि.स. १९४९ मा पाल्पामै रहेको वेला निधन भए पछि उनकै सम्झनामा निर्माण गरेका थिए ।

वि.स. १९४९ मा शिलान्याश भई वि.स. १९५४ मा उक्त दरवारको निर्माण कार्य सम्पन्न भएको थियो । उक्त दरवार निर्माण कार्य सम्पन्न भएपछि दरवारमा आकर्षक फर्निचर एवम् सजावटका सामग्रीहरू राखिएको थियो । दरवार निर्माण कार्य सम्पन्न भएपछि त्यही दरवारमा रात बिताउने गरेका खड्गसम्सेरले प्रायः जसो रातीको समयमा आफ्नो दिंवगत श्रीमतिको सम्झनामा चिच्याउने गरेको किंवदन्तीमा उल्लेख छ । आधुनिक युवा पुस्ताले यस दरवारलाई एउटा नमुना प्रेमको प्रतिकको लिदै आएका छन् ।

कालीगण्डकीको तिरमा रहेको भिरालो चट्टानमा रानीमहल बनेको छ । तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाईनबाट निर्माण गरिएको हो । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको सोे दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बाध्ने तवला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् ।

पाश्चात्य कलाकौशल प्रयोग गरी निर्मित रानीमहल समेत भनेर चिनिने सो भव्य दरबारको ऐतिहासिक एवं पर्यटकीय महत्व रहेको छ । तेज कुमारीको सम्झनामा निर्माण भएको हुनाले “तेजमहल” पनि भनिने प्रेमको प्रतिक यो दरवारलाई व्यवस्थित गर्न सकेमा योे पाल्पाको पर्यटन विकासमा कोशेढुड्डा सावित हुने स्थानीय युवा दिपक पाण्डेले बताए ।

कसरी पुग्न सकिन्छ रानीमहलसम्म ?
स्थानीय बराड्डदी खोला र कालीगण्डकीको संगमस्थलमा रहेको सो दरवारमा पुग्न सदरमुकाम तानसेन बजारबाट मोटरमा एक घण्टामै पुग्न सकिन्छ भने पैदल जानेहरु ३ घण्टा पैदल ओरालो हिंड्नु पर्छ । मोटरमा जानेहरु तानसेन, गोर्खेकोट बराङ्दी हुँदै जान सकिन्छ ।

पैदलयात्रीहरु भने तानसेन, कैलाशनगर, बराड्डदी, बौघापोखरा थोक हुदै रानीमहलसम्म पुग्न सक्छन् । बीच बाटोमा पर्ने पानीका झरना, गाइमुखे धारा र हात्तीढुंगा पनि पर्यटकहरुका लागि मनमोहक छन् । रानीमहलसम्मै पु¥याइएको मोटरबाटोका कारण वर्षेनी रानीमहल पुग्ने पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएको छ । यो बर्ष रानीमहलसम्मको बाटो पक्की गर्ने काम समेत हुदैछ । गत बर्ष रानीमहलको रङरोगन समेत गरिएको छ । यद्यपी रानीमहल सुहाउँदो रङ प्रयोग नभएको र काम गुणस्तरीय नभएको गुनासो भने आइरहेको छ । रानीमहल क्षेत्रमा पर्यटकहरु बढ्न थालेपछि यस क्षेत्रमा होटल ब्यवसायहरु पनि थपिएका छन् । यहा“ खासगरि रातिको समयमा क्याम्प फायर गरि बस्ने युवाहरु दैनिक जसो सयौको संख्यामा आउने गरेका छन् । पाल्पा सहित देशका बिभिन्न जिल्लाका ब्यक्तिहरुले पाल्पा आएका बेला एक रात रानीमहल क्षेत्रमै बस्ने गरि योजना बनाएर आउने गरेका छन् ।

Comments
Loading...