पाल्पामा एकै दिन थपिए ३९ कोरोना संक्रमित 

0 747

पाल्पा ।  पाल्पामा एकैदिन ३९ जना कोरोना संक्रमित थपिएका छन् । यसरी थपिएकाहरुमा  ३० जना तानसेन नगरपालिका भित्रका छन् ।

आईतबार थपिएका संक्रमितहरुमा २३ जना पुरुष र १६ जना महिला छन् । यसरी थपिएकामा बगनासकाली गाउँपालिकामा २ जना, माथागढी गाउँपालिकामा ३ जना, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा १ । १ जना र पूर्वखोला गाउँपालिकामा २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

Comments
Loading...