पाल्पामा एकै दिन समुदाय स्तरमा १२ जनामा कोरोना पुष्टि

0 1,448

पाल्पा । पाल्पामा आइतबार कोरोना पुष्टि भएका १६ जनामध्ये १२ जना समुदाय स्तरका ब्यक्तिहरु रहेको पाइएको छ ।

आइतबार थपिएका १६ जना कोरोना संक्रमित मध्ये माथागढी गाउँपालिकामा २ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना र तिनाउँ गाउँपालिकामा ८ जना गरि १२ जना ब्यक्ति समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताए । बाँकी ४ जना भारत सहित तेस्रो मुलुकबाट आएर क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका ब्यक्ति रहेको उनले बताए ।

पाल्पामा समुदयस्तरमा हाल सम्म रामपुर नगरपालिकामा २ जना, रम्भा गाउँपालिकामा ३ जना, माथागढी गाउँपालिकामा २ जना, तानसेन नगरपालिकामा ७ जना,रैनादेवी छहरा गाउँपालिकामा ३ जना, तिनाउँ गाउँपालिकामा ९ जना गरि २७ जान ब्यक्तिहरु समुदाय स्तरमा संक्रमित भएका छन् ।

Comments
Loading...