पाल्पामा कोरोनाका सक्रिय संक्रमित घट्दै

0 315

पाल्पा । पाल्पामा कोरोनाका सक्रिय संक्रमित घट्न थालेका छन् । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या ८० जना मात्रै रहेको छ ।
यसरी सक्रिय संक्रमित बढी हुनेमा तानसेन नगरपालिका रहेको छ अहिले तानसेनमा १८ जना सक्रिय संक्रमित रहेका छन् ।

रामपुर नगरपालिकामा ३ जना, बगनासकाली गाउँपालिकामा १५ जना, पूर्वखोलामा १४ जना, रैनादेवी छहरामा १२जना, रिब्दिकोटमा ८ जना, माथागढीमा ६ जना , निस्दीमा ३ जना र तिनाउमा १ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार ओमप्रकाश पन्थीले बताए ।

रम्भा गाउँपालिकामा भने अहिले सक्रिय संक्रमित एक जना पनि छैनन् । पाल्पामा हाल १ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएकोमा छ । जसमध्ये १ हजार ६ सय ४३ जना निको भइसकेका छन् । पाल्पामा हालसम्म कोरोनाकै कारण २९ जनाको मृत्यु भएको छ ।

Comments
Loading...