पाल्पामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुग्यो

0 514

पाल्पा । पाल्पामा कोरोनाका कारण शुक्रवार राति ४२ वर्षीया महिलाको निधन भएको छ । तानसेन नगरपालिका वडा नं. १४ अर्गलीकी ४२ बर्षीया महिलाको कोरोनाका कारण निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा उनको निधन भएको पन्थीले बताए । निमोनियाले ग्रस्त उनी भदौ ३० गते उपचारको लागि अस्पताल आएकी थिइन् । कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई भदौ ३० गते दिनभर प्रिआइसोलेनमा राखिएको थियो र स्वाब संकलन पछि उनी घर फर्केकी थिइन् । स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाएको र भदौ २ गते उनमा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनी पुन भदौ २ गते बिहान उपचारको लागि सोही अस्पतालमा आएको र आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको पन्थीले बताए । यो संगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाकै कारण पूर्वखोला गाउँपालिका १ सिलुवा का ४५ वर्षीय पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी ३० वर्षीया महिला, तानसेन नगरपालिका ७ टिन्टीआँपका ५२ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ ।

Comments
Loading...