पाल्पामा कोरोना संक्रमित महिलाको निधन

0 5,062

पाल्पा । कोरोना पुष्टि भएकी महिलाको पाल्पामा निधन भएको छ । जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत कारोना स्रक्रमित ३० वर्षीया महिलाको शुक्रवार साँझ निधन भएको हो । तानसेन नगरपालिका वडा नं. ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षीय उनको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो ।

उनको मुटु सम्बन्धि समस्या रहेको र कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो । उनलाई उपचार गरिरहेको कोरोना भन्दा बढी मुटुको समस्या बढी देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र साँझ निधन भएको अस्पतालका कोभिड फोकल पर्सन डा ममता कोइरालाले बताइन् । घरमै बस्दै आएकी उनमा कोरोना देखिएको थियो ।

पाल्पामा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि पूर्वखोला गाउँपालिका सिुलवाका पुरुषको मृत्यु भएको थियो ।

Comments
Loading...