पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार २१ पुग्यो

0 539

पाल्पा । पाल्पामा बिगत २४ घण्टामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमित हुनेहरुमा रामपुर नगरपालिकाका १ जना, तानसेन नगरपालिका तथा अस्पतालहरुका १८ जना, पूर्वखोलाका ६ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका ३ बगनासकाली गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार २१ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको छ । ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् । समुदाय स्तरमा कोरोना फैलिन थालेको छ ।

Comments
Loading...