पाल्पामा कोरोना सक्रमितको शब व्यवस्थापनमा खटेका सेनामा पनि कोरोना

0 343

पाल्पा । गत जेठ २० गते मृतक कोरोना संक्रमित युवाको शब व्यवस्थापनमा खटिएका ३३ र ३६ वर्षका नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाको पाल्पास्थित गोरखदल गणका दुई जना सेनामा कोरोना संक्रमण देखिएको छ ।

 

भारतबाट फर्किएका पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवाका ३६ वर्षका युवाको कोरोनाको कारणले मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ती युवाको शब व्यवस्थापनमा खटेका दुई जना सेनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

मृतकको डुम्रे खोलामा शब व्यवस्थापन गरिएको थियो । असार १२ गते आएको ७७ जनामध्ये दुई जना नेपाली सेनाका पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो । अन्य ७५ जना भने रामपुरका हुन् ।

 

शब व्यवस्थापनका समयमा अत्याधिक पानी परेका कारण व्यवस्थापनमा खटिएका मानिसमा समेत कोरोना सरेको हुन सक्ने भन्दै त्यतिबेला देखि नै साबधानी भने अपनाइएको बताइएको छ  ।

Comments
Loading...