पाल्पामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण

0 178

पाल्पा । बगनासकाली गाउँपालिकाको सहयोगमा बगनासकाली पत्रकार समुहले पाल्पाका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ ।


मंगलबार २५ जना पत्रकारहरुलाई केएन ९५ मास्क, स्यानेटाइजर र ग्लोब्स बितरण गरिएको छ । जोखिमको बेला पत्रकारहरुलाई बगनासकाली गाउँपालिकाकाले सानो सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । उनले यस्तो अवस्थामा पनि पत्रकारहरुले दिनरात खटिएर सही समाचार दिइरहेको बताउँदै उनले आवश्यक भएमा आगामी दिनमा पनि यसप्रकारको सामाग्री उपलब्ध गराउने बताए ।


बगनासकाली पत्रकार समूहका परामर्श समितिका सदस्य यज्ञमूर्ति तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा रहेका क्रियाशील पत्रकारहरुलाई उक्त सामाग्रीहरु उपलब्ध गराइएको बताउँदै यो समय आफू पनि सुरक्षित भएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।


बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगानाले पत्रकारिता क्षेत्रमा क्रियाशील सबै पत्रकारहरुले जोखिम मोल्नु पर्ने र स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकोले क्रियाशील पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागी सामाग्री बितरण गरिएको जानकारी गराए । समूहले यसअघि बगनासकाली गाउँपालिकाका पत्रकारहरुलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको थियो ।

Comments
Loading...