पाल्पामा जन्मेका गायक नविनको कस्तो आयो जमाना बजारमा (भिडियो सहित)

0 21

पाल्पा । पाल्पामा जन्मेर लोक गायनको क्षेत्रमा अन्तराष्ट्रिय ख्याती बनाएका लोकदोहोरी गायक नविन पौडेलले‘कस्तो आयो जमाना’ बोलको गीत बजारमा ल्याएका छन् । एकपछि अर्काे चर्चित गीत बजारमा ल्याउदै श्रोता, दर्सकको मन जित्न सफल गायक पौडेलको यसपालीको तीज गीत ‘कस्तो आयो जमाना’ भिडियोसहित बजारमा आएको हो । यो गीतले पछिल्लो समय राम्रो चर्चा पाएको छ ।

उक्त गीतमा स्वर, संगीत र शब्द नवीन पौडेलको रहेको छ । उनलाई गायिका कोपिला गौतमले साथ दिएकी छिन् ।
पछिल्लो समय इन्टरनेट प्रविधिमा भैरहेको विकासले समाजलाई पारेको राम्रो पक्ष र असरलाई तिज गित मार्फत छर्लंग यथार्थ चित्रण गरिदिएका छन् । रविन्द्र पन्त र रिना थापा मगरको अभिनय रहेको गीतमा बिक्रम चौहान निर्देशन रहेको छ । भने गीतको सम्पादन दम सुवेदीले गरेका छन् ।

गीतको पूरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

Comments
Loading...