पाल्पामा ठूलो परिमाणमा अवैध मदिरा नियन्त्रणमा

0 273

पाल्पा । ईलाकालाई अवैध मदिराजन्य पदार्थ बाट मुक्त गरि समाजमा दिगो शान्ती कायम गर्ने लक्ष्यलाई मुर्तरुप दिने अभियान अनुरुप ईलाका प्रहरी कार्यालय रामपुरले ठूलो परिणाममा बिक्रि बितरणको लागि तयारी अवस्थामा राखिएको अवैध घरेलु मदिरा जफत गरि स्थानीय वडा सदस्य, उधोग वाणिज्य संघका अध्यक्ष, पत्रकार र रामपुर नगरपालिकाका प्रतिनिधि लगायतका भद्र भलाद्मीहरुको रोहवरमा आज बिहान नष्ट गरिएको छ ।

रामपुर नगरपालिका वार्ड नं ५ स्थित रहेको बेजाड बजारका पार्वती होटेल लगायतका बिभिन्न होटेलहरुमा बिक्रि बितरणको लागि स्टकको रुपमा तयारी अवस्थामा राखिएको ५ सय लिटर भन्दा बढी अबैध घरेलु मदिरा प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा सर्च अप्रेसनको लागि खटिएको प्रहरी टोलीले हिजो राती बरामद गरेको थियो । हालै मात्र काज सरुवा भई ईलाका प्रहरी कार्यालयमा आउनु भएका निरीक्षक पाण्डेको सकृयतामा पहिलो पटक यति ठूलो परिमाणमा होटेलहरुबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको हो ।
उक्त टोलीका प्रमुख निरीक्षक पाण्डेले सो कार्यमा संलग्नलाई स्थानीयहरुकै रोहवरमा अवैध मदिराको सेवन पश्चात मानिसको शरीरमा पुर्याउन सक्ने शारीरिक,मानसिक,पारिवारिक र आर्थिक असर बारेमा करिब २० मिनेट सम्म सोही स्थानमा नै प्रशिक्षण समेत दिई अब उप्रान्त त्यस्ता कार्य नगर्न सचेत गराएका थिए । समाजमा झैझगडाको मुख्य कारक तत्वको रुपमा रहेको अवैध घरेलु मदिरा नियन्त्रणको यस कार्यले रामपुरबासीहरुमा एकखालको खुशीको लहर ल्याएको स्थानीयबासीहरुले बताएका छन् ।http://onlinenewsnepal.com/

Comments
Loading...