पाल्पामा ड्रोनबाट लकडाउनको अनुगमन, बेकामले हिड्नेलाई सिधै क्वारेन्टाइन पठाइने

0 510

पाल्पा । पाल्पामा कोरोना भाइरस बिरुद्धको लकडाउनलाई थप कडाई गरिने भएको छ । यहाँको लकडाउन प्रभावकारी कार्यान्वयन गर्न ड्रोनबाट समेत अनुगमन गरिन लागिएको छ । कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समिति पाल्पाको बुधबार सम्पन्न बैठकले लकडाउनलाई कडाईका साथ लैजाने निर्णय गरेको हो ।


समितिको बैठकले जिल्लाभर नै लकडाउन प्रभावकारी बनाउने, आफ्नो वडा क्षेत्रभन्दा बाहिरबाट कोही आए जो कोहीलाई जहाँ भेटिन्छ, त्यही क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने, ¥यापिड टेस्टको माध्यमबाट कोरोना परीक्षण गरिएकाहरु घरमै क्वारेन्टाइनमा बसे, नबसेको अनुगमन गर्न लगाउने र स्वास्थ्य परीक्षणको नियमित जानकारी लिने निर्णय समितिले गरेको छ ।


यस्तै चैत १ गतेदेखि विदेशबाट फर्किएको तथ्यांक अद्यावधिक गर्ने र उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी माग गर्ने निर्णय गरेको छ । चैत १ गतेदेखि स्वदेश पाल्पा फर्किएका सबैको आरडिटीको माध्यमबाट कोरोना संक्रमण परीक्षण गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

Comments
Loading...