पाल्पामा दुई वटा गाडी पहिरोले पुर्यो, दुई जनाको मृत्यु

0 71

पहिरो खसिरहेकोले उद्धारमा समस्या, थप बिबरण आउन बाँकी

पाल्पा । पाल्पामा दुईवटा गाडी पहिरोमा पुरिदा २ जनाको मृत्यु भएको छ । तानसेन गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरास्थित सम्मबारीमा माथिबाट खसेको पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुर्दा दुईजनाको मृत्यु भएको हो भने घटनास्थलबाट सुरक्षाकर्मीले एक जानको उद्धार गरेका छन् ।


अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सुरज श्रेष्ठका अनुसार एउटा ती गाडी क्षतविक्षत अवस्थामा छ भने अर्को गाडी भीरमा अड्किएको अवस्थामा रहेको छ ।


पहिरो खसिरहेकोले गाडी भएको ठाउँमा पुग्न कठिन भइरहेको छ । घटनास्थलबाट दुईजनाको शव भेटिएको छ भने एकजनालाई घाइते अवस्थामा उद्वार गरिएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वारमा जुटिरहेका छन् । गाडी भएको स्थानमा पुग्न नसकिएकोले थप क्षतिको बिवरण भने आइसकेको छैन । उद्धार कार्यमा समते कठिनाई भएको छ

Comments
Loading...