पाल्पामा दैनिक जसो देखिन थाल्यो समुदायमा कोरोना

0 1,128

पाल्पा । पाल्पामा दैनिक जसो आउने रिपोर्टमा समुदाय स्तरमा कोरोना देखिन थालेको छ । बुधबार मात्रै पाल्पामा २ जना सङक्रमित थपिएका छन् । जसमध्ये एक जना तानसेन नगरपालिका ८, का र एक जना पूर्वखोला गाउँपालिकाका व्यक्ति रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

यससँगै पाल्पा जिल्लामा ३१ जना समुदायस्तरमा सङक्रमित भेटिएका छन् । बुधबार कोरोना पुष्टी भएका तानसेनका वर्ष ३८ का व्यक्ति क्वारेन्टाइनबाट भागेर घरमा आएर बसेका व्यक्ति भएको बताइएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । पूर्वखोला गाउँपालिकाका सङक्रमितको बुटवलमा स्वाव संकलन गरिएको थियो । जिल्लामा ६ सय १२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ ।

Comments
Loading...