पाल्पामा नवजात शिशु मृत अवस्थामा फेला

0 4,967

पाल्पा । तानसेन नगरपालिका ५ सितलडाँडा अन्र्तगत रानीमहल तानसेन सडक खण्ड नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

शनिवार दिउँसो पौने ५ बजेको समयमा तानसेन रानीमहल भित्रि सडक खण्डको छेउँमा मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बेवारिसे अवस्थामा उमेर नपुगेको र लिङ्ग समेत पहिचान गर्न नसकिने अवस्थामा फेला परेको हो ।कसले फालेको भन्ने थाहा नभईसकेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले बताए ।

Comments
Loading...