पाल्पामा निकालियो हावाबाट बिजुली

0 23

सृजना घिमिरे । रामपुर
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हाँसोमा उडाए । पूर्वी पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा हावाबाट बिजुली निकालिएको छ भने ओलीको भनाई सत्य सावित भएको छ ।

पिडा काठमाडौं नेपाल, काठमाडौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम समेत सहज छ ।

एक हजार २ सय वाट क्षमताबाट निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा बिजुली बत्तीसंगै विद्युतबाट आवश्यक पर्ने सबै काम गर्न थालिएको मित्यालका वडाध्यक्ष नेउबहादुर सुनारीले बताए ।

मित्यालबाट निकट भविष्यमा नै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालले पनि हावाबाट बिजुली निकाल्ने र निस्दी गाउँपालिकाका झ्याल्टुक, मौलाथर, घुम्सीवर र मित्याल बजार रुक्सेभन्ज्याङ्ग लगायतका स्थानमा हावाबाटै बिजुली निकाल्ने योजना रहेको बताइएको छ । फोटो गुगल

Comments
Loading...