पाल्पामा निषेधाज्ञा खुकुलो भएपनि कोरोना संक्रमितको संख्या भने घटेन

0 365

पाल्पा । पाल्पामा जारी निषेधाज्ञा खुकुलो हुँदै गएपनि कोरोना संक्रमितको संख्या भने घट्न सकेको छैन । जिल्लामा शुक्रवार थप ६७ जना कोरोना संक्रमित थपिएका छन् शुक्रवार पिसिआर परीक्षणमा ३४ र एन्टिजिनको परीक्षणमा भने ३३ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

१ सय १७ जनाको एनटिजीनमा ३३ र ६० जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको उनले बताए । जिल्लामा पुनः सक्रिय संक्रमित संख्या बढेको छ । अहिले ४ सय ३१ जना कोरोनाका सक्रिय संक्रमित रहेको उनले
बताए ।

Comments
Loading...