पाल्पामा नेकपा (एस) रोज्ने जनप्रतिनिधि एक जना मात्रै

0 1,382

पाल्पा । पाल्पामा नेकपा समाजबादी एक जना जनप्रतिनिधिले मात्रै रोजेका छन् । नेकपा एमाले बिभाजन भएर बनेको नयाँ दल नेकपा (एस) १ जना जनप्रतिनिधीले मात्रै सनाखत गरेका छन् । रम्भा गाउँ पालिकाका गाउँपालिका वडा न ५ का सदस्य इश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजवादी रोजेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

यसअघि पाल्पा पाल्पाकै प्रदेश सांसद रमा घर्तीले पनि नेकपा (एस) रोजिसक्नुभएको छ । उहाँले गत साता नेकपा एसको पक्षमा सनाखत गर्नुभएको हो । त्यस्तै पुर्व मन्त्री एवम् संघीय सांसद सोमप्रासद पाण्डेले अन्तिम समयमा मात्रै निर्वाचन आयोगमा समयमा सनाखत गर्न गएका कारण एकिकृत समाजवादीमा सनाखत गर्नबाट बन्चित हुनुभएको छ । उहाँले अन्तिम समयसम्म पनि पार्टी एकताको पक्षमा आफ्नो मत राख्दै आउनुभएको थियो ।

यता नेकपा (एस)को गत साता तानसेनमा सम्पन्न भेलाले छिटै जिल्ला कमिटि घोषणा गर्ने जनाएपनि अहिलेसम्म पनि घोषणा हुन सकेको छैन ।

Comments
Loading...