पाल्पामा प्रशासनको छड्के, ३४ कर्मचारी अनुपस्थित, ३२ कर्मचारीले पोशाक नलगाएको भेटियो

0 216

पाल्पा । बिहीवार जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको अनुगमनमा कार्यालय प्रमुख सहित ३४ जना कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित भएको भेटिएको छ ।

सदरमुमकाम तानसेन भित्रका ३२ सरकारी कार्यालयमा गरिएको अनुगमनमा २३ जनाले पोषाक ननलगाएको भेटिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुम बहादुर पाण्डेले बताए ।

पाण्डेका अनुसार कार्यालय प्रमुख ३ जना, अधिकृत वा सो सरहका ७ जना, नायब सुब्बा वा सो सरह १२ जना,खरिदार वा सो सरह २ जना, सवारी चालक ५ जना र कार्यालय सहयोगी ५ जना अनुपस्थित रहेको पाईएको हो ।

कार्यालय उपश्चित नहुने र पोषाक नलगाउने कर्मचारीलाई लिखित स्पष्टिकरण लिने र थप कारवाही अघि बढाउने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरु हुम बहादुर पाण्डे, रमा श्रेष्ठ, नायब सुब्बाहरु हरि पन्थी र लक्ष्मण घिमिरेको नेतृत्वमा चार वटा समुह निर्माण गरी कार्यालयको अनुगमन गरिएको थियो ।

Comments
Loading...