पाल्पामा बाम गठबन्धनको चुनावी अभियान तीव्र

0 25

नेत्र गैरे । पाल्पा
प्रेस चौतारी नेपाल र प्रेस सेण्टर पाल्पा बीचको संगठन एकता कमिटि गठन भएको छ । तानसेनमा बसेको संयुक्त भेलाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सेनाको संयोजकत्वमा ७ सदस्यीय संगठन एकता समिती गठन गरेको हो ।
जसको सदस्यहरुमा रेखीराम राना, कृष्ण दर्नाल, कृष्ण कार्की, राजेन्द्र लिगल, नेत्र गैरे, अमृत अधिकारी रहेका छन् । भेलाका प्रमुख अतिथि तथा घोषणापत्र लेखन समितिका संयोजक झपेन्द्र जिसीले कुनैबेला बन्दुक बोकेकै भरमा कुनैपनि दल लोकतान्त्रिक नहुने भन्ने बिषय गलत भएको बताए ।

उनले सहि कामको स्वच्छ समाचार प्रवाह गर्न सबै पत्रकारहरुलाई अनुरोध समेत गरे । घोषणापत्र लेखन समितिका सदस्य मथुरा ढकालले बाम गठबन्धनले जनता उत्सुक भएको बताए । ढकालले बाम गठबन्धनका उम्मेदवारलाई भोट हालेर बिजयी बनाउन मतादाता आतुर रहेको बताए । भेलालाई संबोधन गर्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले सुचना प्रवाहलाई छिटो र सकारात्मक तरिकाले अघि बढाउनुपर्ने बताए । पत्रकार सेनानी मेघराज शर्माले भएगरेका कामको सकारात्मक प्रचारप्रसार कम भएको भन्दै बाम गठबन्धनको जितका लागि प्रचारप्रसारमा जुट्नुपर्नेमा जोड दिए । नेकपा एमाले पाल्पाका प्रचार बिभाग संयोजक गुरास आत्रेयले सहि समयमा सहि गठबन्धन भएकाले बाम गठबन्धनको जित सुनिश्चित भएको बताए ।
भेला प्रेस सेन्टर पाल्पाका अध्यक्ष रेखिराम रानाको संचालन र प्रेस चौतारीका अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैबीच बाम गठबन्धन पाल्पाले आगामी ५ वर्षभित्र सम्पादन गर्न सक्ने कामहरु सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्रमा जिल्लाको समग्र बिकासका योजना समावेश गरिएको छ । सो अवसरमा नेकपा एमाले केन्द्रीय निकायका सदस्य धनेन्द्रराज घिमिरेले बाम गठबन्धनको चुनावी अभियान राम्रो गरि अगाडि बढेको बताउँदै प्रतिबद्धतापत्र अनुसार काम गर्न गठबन्धन तयार रहेको बताए । प्रतिबद्धतापत्रमा सिद्धबाबा सडक, तानसेनको खानेपानी, यहाँको पर्यटन तथा शैक्षिक विकास, सडकको ब्यवस्थापन लगायतका बिषय समावेश गरिएका छन् ।

Comments
Loading...