पाल्पामा बाहिरी जिल्लाबाट तरकारी ल्याउन पुर्ण प्रतिबन्ध, पसल समेत हप्तामा ३ दिने खुल्ने

0 279

पाल्पा । कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण उपचारमा सहयोग, समन्वय,सहजीकरण र अनुगमन लगाएतका कार्यहरु प्रभावकारी रुपमा गर्न जिल्ला सि.सि.एम.सि. बैठकबाट गठन गरिएको आपूर्ति व्यबस्थापन समितिको बुधवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।


कोरोना संक्रमण रोकथाम एवं व्यबस्थापन गर्न आपूर्ति व्यबस्थापनमा हाल भईरहेको व्यबस्थाबाट वजारमा मानिसहरुको आवत जावत बढी भै संक्रमण बढ्ने संभावना देखिएको तथा जिल्लामा गठीत कोरोना संकट व्यबस्थापन समितिमा भएको छलफल एवं निर्देशानुसार वजार खोल्ने समयमा विगतमा भएको निर्णय परिवर्तन गरी देहाय अनुसार गर्ने गराउने निर्णय गरिएको बताइएको छ ।

तरकारी फलफुल एवं दुग्धजन्य पदार्थहरुको बिक्रि वितरण प्रत्येक दिन विहान ९ बजेदेखि ११ वजे सम्म मात्र खोल्ने तथा खाद्यान्न पसलहरु आईतवार,मंगलवार र विहिवार विहान ९ बजेदेखि १ज्ञ वजे सम्म खोल्ने व्यबस्था मिलाउने साथै वस्तु तथा सेवा विक्री वितरण गर्दा व्यक्तिगत दुरी कायम गरी सुरक्षित रहने व्यबस्था कायम गर्ने, औषधी पसलहरु दैनीक रुपमा अनिवार्य खोल्ने, नेपाल सरकार, गृह मन्त्रालयबाट स्थानीय स्तरमा उत्पादित तरकारीलाई बजार सम्म पुर्याउने कार्यलाई सहजीकरण गर्न अनुरोध भै आएको हुँदा र अन्यत्र बाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने संभावना बढी देखिएकोले अन्यत्र जिल्लाबाट यस जिल्लामा हुने तरकारीजन्य पदार्थहरुको आयातमा हाललाई रोक लगाउने निर्णय भएको बताइएको छ ।

उपरोक्त व्यबस्थाहरु कार्यान्वयनको लागी जिल्ला प्रशासन कार्यालय,पाल्पालाई अनुरोध गर्ने निर्णय भएको समितिका संयोजक जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए ।

Comments
Loading...