पाल्पामा बिहीवार ९ जना कोरोना संक्रमित थपिए

0 556

पाल्पा । पाल्पामा बिहीवार थप ९ जनामा कोरोना पुष्टि भएको छ । बिहीवार पूर्वखोला गाउँपालिकाका २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

बिहीवार नै रैनादेवी छहरा गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सीजी उद्योगमा कार्यरत कर्मचारी हुन् । त्यस्तै रामपुर र तिनाउका १ । १ जना पुरुषमा बिहीवार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

Comments
Loading...