पाल्पामा भान्साकोठामा लुकाएको बन्दुक पड्किएर एकजनाको निधन

0 4,060

पाल्पा । पाल्पामा भान्साकोठामा लुकाएर राखेको भरूवा बन्दुक पड्किएर एक जनाको निधन भएको छ । पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए । बुधवार बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनिएको थियो ।

मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए । मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका पचभैयाले बताए । मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले बन्दुक नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments
Loading...