पाल्पामा मतपेटिका गणना स्थलमा ल्याइदै, कतिबेलाबाट हुन्छ त मतगणना ?

0 1,746

पाल्पा । मतदानको कार्य सकिएपछि मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा ल्याउने र बुझाउने क्रम चलिरहेको छ ।
राति १२ बजेभित्र सबै मतपेटिका मतगणना स्थलमा ल्याइसकिने बताइएको छ ।

पाल्पा क्षेत्र नं. १ को रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं. २ को मतपेटिका तानसेनमा ल्याइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । १ नं. क्षेत्रको रामपुरमा र २ नं. क्षेत्रको तानसेन बाल मन्दिरमा मतगणना हुँदैछ । केही मतदान स्थलहरुबाट अहिले पनि मतपेटिका ल्याउने क्रम चलिरहेको र भोलि बिहान सर्वदलीय सर्वपक्षीय बैठकपछि मतगणना हुने बताइएको छ । प्रजिअ पन्तले भोली बिहान मतगणना हुन सक्ने बताउनुभयो ।

Comments
Loading...