पाल्पामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने

0 289

सुनिल कार्की । पाल्पा
महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा पाल्पामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने भएको छ । पाल्पा जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा पाल्पाबासी टिम बिच प्रतियोगिता हुन लागेको हो ।


जिल्ला स्थित नेपाली सेनाको गोरखदल गण पाल्पाको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुन लागेको गणका गणपति सुरज थापाले जानकारी दिए । राष्ट्रसेवक कर्मचारी र पाल्पाबासी बिचको सम्बन्धलाई थप सुमधुर बनाउन प्रतियोगिता प्रभावकारी बन्ने अपेक्षा लिएको गणपति थापाले बताए ।


प्रतियोगिताको लागि तयारी तिव्र रुपम भईरहेको गणका सेनानी मनोज डंगोलले बताए ।


प्रतियोगितमा राष्ट्रिय सेवा दलमा आवद्ध बेथल इग्लीस बोडिङ स्कुल र भुषलडाँडा माध्यमीक विद्यालयका विद्यार्थीले सांस्कृति नृत्य प्रस्तुती समेत दिने भएका छन । पाल्पामा पहिलोपटक हुन लागेको यस खालको प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने आयोजक गोरख दल गणले जनाएको छ । प्रतियोगिताको विजेता टिमलाई आकर्षक शिल्ड,मेडल र प्रमाणपत्र र द्धितिय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उपाधी निजामती कर्मचारीले जिते जिल्ला प्रशासन कार्यालय र पाल्पाबासी टिमले जिते जिल्ला खेलकुद विकास समितिमा आकर्षक शिल्ड राखिने छ । प्रतियोगिता तानसेन स्थित टुडिखेल मैदानमा शुक्रबार दिउँसो साढे २ बजेबाट सुरु हुने छ ।

Comments
Loading...