पाल्पामा रेडियोबाटै पढाई, बिद्यार्थीले घरमै सुन्दै पढ्दै

0 209

पाल्पा । लकडाउनका कारण पढाई प्रभावित भएका बिद्यार्थीहरुका लागि यहाँका रेडियोबाट दुरशिक्षा रेडियो कार्यक्रम संचालन गरिएको छ ।


तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराले दूरशिक्षा पाठशाला सञ्चालन गर्दै आएको छ । पाठशालामा हरेक दिन एसइईका ६ वटा विषयमा रेडियोबाट लाइभ प्रसारण भइरहेको छ । यो कार्यक्रम पाल्पासहित नेपालका ३० भन्दा धेरै रेडियोले लाइभ प्रसारण गरिरहेका छन् ।


त्यस्तै तानसेन नगरपालिकाकै सहकार्यमा युनिक एफएमले पनि कक्षा ११ र १२ लाई ट्युसन अन एयर गरी पठनपाठन गरेको छ । यो कार्यक्रममा दैनिक ४ वटा विषयमा अध्यापन भइरहेको छ ।


यस्तै रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सामुदायिक रेडियो मुक्तिनाथले पनि दुरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै रामपुरमा रहेको पृथ्वी टेलिभिजनबाट पनि रामपुर नगरपालिकाको सहकार्यमा दुरशिक्षा कार्यक्रम संचालन गरिएको छ ।

Comments
Loading...