पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने

0 162

सुनिल कार्की । पाल्पा
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानिय,राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ ।

जिल्लाको दश वटै स्थानिय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको हो । यही माघ ११ गते भब्य समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने गणका गणपति सुरज थापाले जानकारी दिए । प्रतियोगिता अन्र्तगत २१ कि..मी. खुल्ला ( हाफ म्याराथन ) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र –छात्रा र वाकाथुन ३ कि.मी इच्छुकको सहभागीतामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताए ।

प्रतियोगिता अन्र्तगत २१ कि.मी.खुल्ला ( हाफ म्याराथन ) मा प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्तवना पुरस्कार ५००० हजार पुरस्कारको ब्यवास्था गरिएको छ । यसै गरि ५ कि.मी दौड अन्र्तगत कक्षा १२ सम्मका छात्र –छात्रा बीच हुने छ । जस अन्र्तगत प्रथम पुरस्कार २० हजार ,दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार रहेको छ ।

प्रतियोगीतामा वाकाथुन ३ किलोमिटिर दौडमा ईच्छुक सहभागी हुन पाउने गणका सेनानी मनोज डंगोलले बताए । प्रतियोगिता अन्र्तगत २१ कि.मी दौड हाफ म्याराथुनको लागि टुंडिखेल,तानसेन बजार र भैरबस्थान मन्दिरबाट फिर्ता हुंर्दै टुंडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ कि.मी दौड अन्र्तगतको प्रयोग हुने रुट टंडिखेल,तानसेन बजार,श्रीनगरबाट फिर्ता हुर्दै टुंडिखेल रहने छ । वाकाथुन ३ कि.मी को रुट टुंडिखेल,तानसेन बजार हुँदै टंडिखेलको रुट प्रयोग हुने छ ।
प्रतियोगिताको लागि सुरुमा नाम दर्ता गर्ने ३०० जनालाई आकर्षक टिर्सटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा दार्ता शुल्क निशुल्क रहेको छ । प्रतियोगितमा सहभागीताको लागि नाम दर्ता गर्न पाल्पा स्थित गोरखदल गण नागपोखरी ब्यारेक र रामपुर ब्यारेकबाट यही माघ २ गतेबाट सुरु भएको गणले जनाएको छ ।

Comments
Loading...