पाल्पामा शनिवार थपिए १५ जना संक्रमित

0 936

पाल्पा । पाल्पामा शनिवार १५ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय पाल्पा अनुसार पाल्पामा २४ घन्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसरी संक्रमित हुनेहरुमा रैनादेबी छहरा गाउँपालिकाका २ जना, रम्भा गाउँपालिकाका २ जना, तिनाउँ गाउँपालिकाका ६ जना र बिभिन्न अस्पतालमा गरिएको परीक्षणबाट ५ जना गरि १५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताए । यसरी संक्रमित हुनेमा स्वास्थ्यकर्मी र समुदायका ब्यक्ति रहेका छन् । पाल्पामा पछिल्लो समयमा समुदाय स्तरमा कोरोना संक्रमण फेलिदै गएको छ । यो सँगै समुदाय स्तरमा संक्रमितको संख्या १ सय ११ पुगेको छ ।

Comments
Loading...